हेटौंडा । बागमती प्रदेशसभाबाट तीन वटा विद्येयक पारित भएको छ ।
हिजो बसेको प्रदेशसभाको बैठकबाट तीनवटा विद्ययेक सर्वसम्मतिले पारित भएको हो । बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरेको छ । बैठकमा प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमी तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनी पेश गर्नुभएको थियो ।
प्रदेशसभाकोे आइतवार बसेको बैठकमा सो विधेयको प्रतिवेदन पेश गरिएको थियो भने हिजोको बैठकले सो प्रतिवेदनमाथि छलफल गरी तीनवटै विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्म लागि स्थगित भएको बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।