images
images

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार, कारण देखाउ आदेश जारी

  • ८ आश्विन २०८१, मंगलवार १४:३०

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मेडिकल व्यवसायी प्रसाईलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । प्रसाईका छोरा निराजन प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्चले सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो । प्रसाईले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाईका लागि अन्तरिम आदेश माग गरेका थिए ।

आइतबार पक्राउ परेका उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सर्वोच्चले नेपाल प्रहरी र सरकारसँग प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ । न्यायाधीश राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौँसँग प्रसाईलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो । जिल्ला अदालत काठमाडौँले प्रसाईलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।