images
images

अस्पतालमा बस्न नपाएपछि दुर्गा प्रसाईंले सुरु गरे हिरासतमै अनसन

  • ८ आश्विन २०८१, मंगलवार २०:५६

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनसन थालेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक रहेका प्रसाईंले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनसन बस्न सुरु गरेका हुन् । आफू क्यान्सरको बिरामी भएपनि प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेको भन्दै प्रसाईंले हिरासतमै अनसन सुरु गरेको उनका कानुन व्यवयासी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

उनले प्रसाईं गम्भीर खालको बिरामी भएकाले स्वास्थ्यमा तलमाथि हुने अवस्था रहेपनि प्रहरी गम्भीर नबनेको आरोप लगाएका छन् । वीर अस्पतालले डिस्चार्ज गरिदिएछि प्रहरीले आज सरकारी वकिल कार्यालयमा बयानका लागि प्रसाइलाई लगेको थियो । त्यहाँ २ घण्टा बयान लिएपछि उनलाई हिरासतमै सिंहदरबार वृत्तमा लगिएको थियो ।

त्यसपछि प्रसाईँले विरोध गर्दै अनसन थालेका हुन् । आज सर्वाेच्च अदालतले पनि प्रसाईलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।