काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले उनीहरूको सरुवा गरेको हो । २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको छ ।
एसपीहरु सरुवा हुँदा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, बर्दिया, सिन्धुली, सुनसरी, धनकुटाका लगायत प्रमुख फेरिएका छन् ।
यसैबीच, १४३ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) को पनि सरुवा भएको छ । नेपाल प्रहरीले १४३ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको हो । सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गर्नुभएको हो । डीएसपीहरु सरुवा हुँदा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।
को कहाँ पुगे (हेर्नुहोस एसपीको सूचिसहित)
हेर्नुहोस डिएसपीको सूचि