images
images

यो वर्ष कुकुर तिहार र लक्ष्मी पुजा एकैदिन

  • ७ कार्तिक २०७९, सोमबार ०७:४३

काठमाडौं । आज कुकुर तिहार र लक्ष्मी पुजा एकैदिन परेको छ ।

नेपाल पञ्चांग निर्णयक समितिले काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपुजा गर्ने गरिए पनि यो वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मी पुजा एकैदिन परेको जनाएको हो । समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले तिथिका कारण यस्तो भएको बताउनुभयो । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको पहिलो दिन आईतबार काग तिहार मनाइएको थियो । आज तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पुजाआरधना सहित मिठा मिठा खानेकुरा खान दिएर सम्मान गरी मनाईँदैछ । कात्तिक कृष्ण चर्तुदर्शिका दिन कुकुरलाई मिठा–मिठा परिकार खान दिएर यमराजको ढोकामा द्धारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्री प्रा.डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भन्ने विश्वास समेत गर्ने गरिन्छ । आजको दिनलाई नरक चर्तुदर्शि पनि भनिन्छ । आजै साँझ धनकी देवि लक्ष्मीको पुजा गरिन्छ । घर आँगन सफासुगर राखि लक्ष्मीको भक्तिपुर्वक पुजा गरे धनधान्यले पुर्ण हुने धार्मिक विश्वास रहेको छ । भोली गाईपुजा परेको छ ।