images
images

दक्षिण कोरियाले सन् २०२३ मा एक लाख बढी कामदार लैजाने

  • ७ कार्तिक २०७९, सोमबार ०९:१६

दक्षिण कोरियाले सन् २०२३ मा एक लाख बढी कामदार लैजाने भएको छ ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली इपिएस मार्फत आगामी वर्ष १ लाख १० हजार कामदार लैजाने भएको हो । शुक्रवार बसेको बैठकले कोरियामा भएको मजदुर अभाव कम गर्न आगामी वर्ष अघिल्ला वर्षहरुको तुलानमा करिब दोब्बर कामदार लैजानेगरी निर्णय गरेको हो । कोरियाले नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उव्जेकिस्तान, कम्बोडिया सहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गरेको छ ।

कोरियाली सरकारले प्रत्येक वर्ष मजदुर निति निर्धारण समिति मार्फत कोरिया जाने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । सन् २०२३ का लागि तोकिएको १ लाख १० हजार कामदारमध्य नयाँ कामदार ८९ हजार ९ सय ७० जना तोकिएका छन् भने बाँकी २० हजार ३० जना कोरियामा एक कार्यअवधि काम गरेका कामदार हुनेछन् ।