images
images

लागुऔषध सहित सिन्धुपाल्चोकका दुईजना पक्राउ

  • ७ कार्तिक २०७९, सोमबार १२:३९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुई जना लागुऔषध सहित भक्तपुरबाट पक्राउ परेका छन् ।

भोटेकोसी गाउँपालिका वडा नम्बर १ का रविन तामाङ र सुस्मिता खड्कालाई प्रहरीले लागुऔषध बिक्रि वितरण तथा ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।