images
images

बागमती प्रदेश प्रमुखले मधेश प्रदेशको कार्यभार समाल्ने

  • ७ कार्तिक २०७९, सोमबार १६:११

हेटौंडा । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ३ दिन मधेश प्रदेशको कार्यभारत सम्हाल्नुहुने भएको छ ।
मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र भारत भ्रमणमा जाने भएपछि उनको काम गर्ने गरी बागमती प्रदेश प्रमख शर्मालाई जिम्मेवारी तोकिएको हो । भारतको झारखण्डमा हुने कार्यक्रममा सहभागी हुन मिश्र बुधबार भारत जानुहुने भएको छ । कात्र्तिक ९ गतेदेखि ११ गतेसम्म प्रदेश प्रमुख मिश्र भारतको झारखण्ड जाने भएपछि मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मधेश प्रदेश प्रमुखको कार्यभार बागमतीका प्रमुख शर्मालाई तोकेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रेस विज्ञप्ति जारी गरेर कात्र्तिक ९ गतेदेखि ११ गतेसम्म मधेश प्रदेशको कार्यभारत बागमती प्रदेश प्रमुख शर्मालाई तोकिएको जानकारी दिनुभयो ।