काठमाडौं । विपद् व्यवस्थापनका लागि विश्व बैंकले नेपाललाई १५ करोड डलर सहुलियतपूर्ण ऋण दिने भएको छ ।
नेपाल सरकारलाई विश्व बैंकले १५० मिलियन अर्थात १५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा.रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डिरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बजेटरी सहायताका रूपमा उपयोग हुने उक्त रकम विपद्अन्तर्गत पुनस्र्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ ।