images
images

रास्वपा सभापति लामिछाने थप ७ दिन हिरासतमा रहने

पोखरा । सुर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिईएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्ता पौडेलको ईजलासले लामिछाने लाई थप ७ दिन हिरासतमा राखि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । लामिछानेलाई आज दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराईएको थियो । सहकारी ठगी आरोपमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानलाई यसअघि दिईएको ६ दिनको म्याद सकिएपछि आज पुनः म्याद थप गरिएको हो ।

सुर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमै पक्राउ परेका पूर्व डिआईजि तथा लामिछानेकै तत्कालिन साझेदार छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा रहेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशी र लिला पर्छाईलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए भने पछाईलाई असोज १२ गते पक्राउ गरिएको थियो ।

पर्छाईमाथि सुर्यदर्शन सहकारीका अध्यक्ष गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोड भन्दा बढि रकम आफ्नो खातामा सारेको आरोप छ ।