काठमाडौं । मेलम्ची नदीबाट काठमाडौंको सुन्दरीजलमा पठाइएको पानी बागमती नदीमा पथान्तरण गरिएको छ ।
मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दाबढी पानी काठमाडौं पुगेपछि बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको हो । सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन क्षमताभन्दा बढी भएको पानीलाई बागमती पठाइएको छ ।
करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशोधन क्षमता भन्दा बढी रहेको पानी बागमती नदीमा छाडिएको छ ।