images
images

१६ वर्षीया किशोरीको चिनिया नागरिकसँग विवाहः काभ्रेपलाञ्चोकको एक सहित ८ जना मण्डपबाटै पक्राउ

  • ८ कार्तिक २०८१, बिहीबार १६:३४

काठमाडौँ । सुनसरीमा १६ वर्षीया किशोरीलाई चिनिया नागरिकसँग विवाह गराईदिने काभ्रेपलाञ्चोककी एक सहित ८ जना मण्डपबाटै पक्राउ परेका छन् ।

धनकुटा घर भएकी १६ वर्षीया किशोरीलाई ३३ वर्षीया चिनिया नागरिकसँग बिबाह गराउँदै गर्दा प्रहरीले ८ जनालाई मण्डपबाटै पक्राउ गरेको हो । प्रहरीले ती किशोरीको बुबालाई पनि पक्राउ गरेको छ भने बेहुला सहित तीन जना चिनिया नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ३ की २० वर्षीया रोशनीमाया तामाङ पनि रहेकी छिन् ।  किशोरीलाई प्रलोभनमा पारेर चिनियाँसँग विवाह गराउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  सुनसरीका एसपी सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

नेपालमा २० वर्ष उमेर नपुगी विवाह गर्न गराउन नपाईने कानुनी व्यवस्था छ । मुलुकी देवानी संहिता २०७४ मा जबरजस्ती विबाह गराएमा सो विवाह बदर हुनुका साथै कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार जरिवानाको सजाय हुने उल्लेख छ ।