images
images

भीमेश्वर नगरपालिकामा घरको जग खन्दा माटोले पुरिएर ३ कामदार घाईते

दोलखा । दोलखाको भीमेश्वर नगरपालिमा घरको जग खन्ने क्रममा माथिबाट माटो खस्दा तीन कामदार घाईते भएका छन् ।

भीमेश्वर नगरपालिका २ गोले टोलमा घर निर्माणका लागि जग खन्ने क्रममा माथिबाट माटो खसेर पुर्दा काम गरिरहेका तीन मजदुर घाईते भएका हुन् । स्थानीय लालमाया थामीको घर बनाउने क्रममा सोही स्थानका ४५ वर्षीय ज्ञानबहादुर थामी, ४० वर्षीय टेकबहादुर थामी र ५१ वर्र्षीय यमबहादुर थामी घाईते भएका हुन् ।

उनीहरुको चरिकोटस्थित पशुपति चौँलागाई स्मिृति अस्पतालमा उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले जानकारी दिनुभयो । घर निर्माणका लागि जग खनिरहेका उनीहरुलाई आज दिउँसो करिव ४ बजे माथिबाट खसेको माटोले पुरेको हो ।