images
images

माओवादी अध्यक्ष प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी

  • ८ मंसिर २०७९, बिहीबार ०८:००

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय ३ मतसहित विजयी भएका हुन् । प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित विजयी भएका छन् । गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन् ।