images
images

रौतहटमा कपडा पसलमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु

  • ८ मंसिर २०७९, बिहीबार ०८:१३

काठमाडौं । रौतहटमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ ।

रौतहटको गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा डसना पसलमा हिजो राति आगलागी हुँदा ३ जना बालबालिकाको जलेर मृत्यु भएको हो । आगलागीमा परी ३ जनाको घाइते भएका छन् । गौर नगरपालिका वडा नम्बर १ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिता खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ । आगलागीमा गम्भीर घाइते ३ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।