images
images

फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुनको जित

  • ८ मंसिर २०७९, बिहीबार ०९:५१

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन फराकिलो मतान्तरले विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव पुन ४१ हजार ७ सय १४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पुर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् । पुन र बुढाबिच २५ हजार दुई सय २९ मतको फराकिलो अन्तर रहेको छ । रोल्पामा २०६४ यताका सबै निर्वाचनमा माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । पहिलो संविधानसभा निर्वाचनमा ललितपुर १ बाट विजयी पुन २०७० मा मोरङ ९ बाट पराजित भएका थिए । त्यसपछि २०७४ मा रोल्पाबाट विजयी पुन दोस्रो पटक पनि रोल्पाबाट विजयी भएका छन् ।