images
images

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी

  • ८ मंसिर २०७९, बिहीबार १०:०९

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणनामा लामिछानेले ४४ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठ १४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५५ मत प्राप्त गरेको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । यद्धपी औपचारिक घोषणा हुन भने बाँकी छ ।