images
images

सिन्धुली २ मा नेपाली कांग्रेसका घिमिरे विजयी

  • ८ मंसिर २०७९, बिहीबार ११:४८

सिन्धुली । सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका श्याम कुमार घिमिरे निर्वाचित भएका छन् ।

घिमिरे ३० हजार ३ सय ९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रदिप कुमार कटुवालले २५ हजार ५ सय ४६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २ हजार ६ सय ९२ मत प्राप्त गरेकी छिन् ।