नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल साँढे ६ हजार मतान्तर सहित निर्वाचित भएका छन् ।
नेपाल गृहजिल्ला रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६ सय मतान्तरले निर्वाचित भएका हुन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपालले ३३ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।










