images
images

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस अग्रस्थानमा, एमाले पछ्याउँदै

  • ८ मंसिर २०७९, बिहीबार १५:४७

काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ भने नतिजा पनि धमाधम सार्वजनिक भइरहेको छ ।

जसअनुसार प्रतिनिधिसभातर्फ यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ३१ स्थानमा जित हात पारेको छ भने २४ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेले १९ स्थानमा जित र २६ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिभातर्फ ९ स्थानमा जितेको छ भने ८ स्थानमा अग्रता, नेकपा एकिकृत समाजवादीले ७ स्थानमा जित र ३ स्थानमा अग्रता बनाएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ ६ स्थानमा जित र २ स्थानमा अग्रता लिएको छ भने राप्रपाले तीन स्थानमा जित र तीन स्थानमा अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ लोसपाले दुई स्थानमा जित र एक स्थानमा अग्रता लिएको छ ।