images
images

नेकपा एकीकृत समाजवादी पार्टी रामेछापका अध्यक्ष बस्नेतद्धारा पदबाट राजीनामा

  • ८ मंसिर २०७९, बिहीबार २०:४७

जिरी (दोलखा) । नेकपा एकीकृत समाजवादी पार्टी रामेछापका अध्यक्ष रमेशकुमार बस्नेतले पदबाट राजीनामा दिएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि छुट्टै उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचन लडेका बस्नेतले पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । ४५ वर्षसम्म आफ्नो लामो राजनितिक जिवनमा देश र जनताको सेवा गरेको भन्दै बस्नेतले अब एक स्वतन्त्र नागरिक बनेर बस्ने बताएका छन् । साथै उनले एकीकृत समाजवादी पार्टी जनताको रोजाईमा पर्न नसकेको पनि बताएका छन् । आइतबार सम्पन्न निर्वाचनमा पार्टीले टिकट नदिएपछि अध्यक्ष बस्नेतले प्रदेशसभा सदस्यमा एक्लै निर्वाचन लडने गरी उम्मेदवारी दिएका थिए ।

प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार सहित ११ जना प्रदेश सभा सदस्यको लागि प्रतिस्पर्धामा हुँदा बस्नेतले ३ स्थानीय तहको मत गणना सकिन लाग्दा समेत १ हजार मत कटाउन सकेका छैनन् । यद्धपी, उनको गृह पालिकाको मत गणना हुन बाँकी हुँदै उनले राजीमा दिएका हुन् । अहिले रामेछाप नगरपालिकाको विभिन्न वडामा मतगणना जारी छ । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख समेत हुन् ।