images
images

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • ८ मंसिर २०७९, बिहीबार २०:५४

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९ सय ८१ मतान्तरले पाण्डे विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याएका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४ सय ७५ मत पाएका छन भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८ सय ८२ मत प्राप्त गरेका छन् ।

धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् ।