गुल्मी । गुल्मीमा सुन्तलाको केस्रा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–५ छापहिलेका कमल ठकुरीका तीन वर्षीय छोरा आयुष ठकुरीको सुन्तलाको केस्रा अड्किएर मृत्यु भएको हो । ठकुरीकी श्रीमती कोपिला छोरासँगै घरमा बसेर सुन्तला खाने क्रममा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको थियो ।
सुन्तला अड्किएपछि श्वास फेर्न गाह्रो भएकाले बालकलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।










