images
images

दुर्गा प्रसाईँ आफ्नै घरमा परे नजरबन्दमा !

  • ८ मंसिर २०८०, शुक्रबार १२:०५

काठमाडौं । गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईँ आफ्नै घरमा नजरबन्दमा परेका छन् ।

काठमाडौंको तीनकुनेमा आज कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईँलाई प्रहरी परिचालन गरी घरबाट निस्कन नदिइएको हो । सामाजिक सद्भाव तथा सिंहा भड्किने गतिविधि गरेको आरोप लगाउँदै उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ । स्थानीय प्रशासनले रोक लगाए पनि प्रसाईँ तीनकुनेमा कार्यक्रम गर्न जान लागेपछि प्रहरीले उनलाई घरबाट निस्कन नदिएको हो । त्यसपछि उनले घरमै पत्रकार सम्मेलन गरेर आफु नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको बताएका छन् ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँकै सुरक्षाका लागि उनलाई निगरानीमा राखिएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको बताउनुभयो । 

यसैबीच, काठमाडौंको तिनकुने आसपासमा स्थानीय प्रशासनले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी दुर्गा प्रसाइँले आजबाट व्यवस्था परिवर्तन गर्ने भन्दै तिनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । प्रसाईँले समर्थकहरुलाई तिनकुनेमा भेला भएर संसद भवन र सिंहदरवार घेर्न जान ह्पि जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने तिनकुने क्षेत्रमा प्रदर्शनका लागि अनुमति नदिएको बताएको छ ।

तिनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईका समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनको आदेश विपरित तिनकुनेमा जम्मा भएका प्रसाईँ समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।