काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार २६ सय ६७ अंकमा झरेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक आज १३ दशमलव ०३ अंक घटेको हो । सोही अनुसार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा आज जम्मा ७ अर्ब ७२ करोडको मात्रै कारोबार भएको छ ।
५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर छ । दुई समूह लगानी र उत्पादनबाहेक सबै समूहको सेयर घटेको छ ।