images
images

‘द भ्वाइस अफ नेपाल’ चौथो सिजनको उपाधि करण राईलाई

  • ९ पुष २०७९, शनिबार ०७:१०

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ चौंथो सिजनको उपाधि करण राईले जितेका छन् ।

गएराती भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका उनलाई दर्शकहरुको भोटको आधारमा विजेता घोषणा गरिएको हो । करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोलाको सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी, टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएकी छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन् । साथै, टिम प्रविशा अधिकारीबाट पनि साहिल लिम्बु थर्ड रनरअप बनेका छन् ।

’द भ्वाइस अफ नेपाल’ को चौथो सिजनमा प्रमोद खरेल, राजु लामा, राजेश पायल राई र प्रविशा अधिकारी कोचको भूमिकामा रहेका थिए ।