images
images

सिन्धुपाल्चोकका एक युवकको कुटपिटबाट मृत्यु

  • ९ पुष २०७९, शनिबार ११:२८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक युवकको कुटपिटबाट मृत्यु भएको छ ।

जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर २ डाँडाटोलका २९ वर्षिय मिन बहादुर तमाङको कुटपिटबाट मृत्यु भएको हो । तमाङले मादक पदार्थ सेवन गरी स्थानिय पासाङ लामा शेर्पालाई अश्लिल शब्द प्रयोग गरी गाली गरेको विषयलाई लिएर लामा र उनका श्रीमान राजु लामा तमाङले कुटपिट गर्दा तमाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले तमाङ दम्पतीलाई पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।