images
images

नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री लिन प्रचण्ड र नेपाललाई फकाउँदै

  • ९ पुष २०७९, शनिबार १६:४३

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसँगको छलफललाई तिव्रता दिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय एक दिन मात्रै रहँदा गठबन्धन दलबिचको एकता कायम राख्न कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् ।

भेटका क्रममा नयाँ सरकार गठनका लागि सहमति जुटाउने र यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ । सत्ता गठबन्धन दलहरुबिच बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि नयाँ सरकारको नेतृत्वबारे कांग्रेस र माओवादी बिच कुरा मिलेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनितिक दलहरुलाई नयाँ सरकार गठनका लागि भोली बेलुकी ५ बजेसम्मको समय दिनुभएको छ ।