images
images

जिरी अस्पतालमा विशेषज्ञ स्वास्थ्य टोली, निशुल्क स्वास्थ्य शिविर सञ्चालन

  • ९ पुष २०७९, शनिबार १८:०७

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

जिरी नगरपालिका ५ स्थित जिरी अस्पतालमा आजदेखि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको हो । जिरी नगरपालिकाको समन्वय तथा लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ डिको आयोजना र काठमाडौ मेडिकल कलेज सिनामंगलको प्रायोजनमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । शिविरको जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलले उद्धघाटन गर्नुभएको थियो ।

शिविरमा बिरामीहरुललाई विशेषज्ञ चिकित्सकहरुको टोलीले सामान्य चिकित्सा, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान, घाँटी रोग, आँखा परिक्षण तथा उपचार, चिकित्सको परामर्शमा इसिजी, ल्याव र भिडियो एक्सरे सेवा दिइरहेका छन् । काठमाडांैबाट आएका २२ जना विशेषज्ञको टोलीले बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा दिइरहेका हुन् । जसअनुसार सर्जरीका लागि डा. सुमन श्रेष्ठ, जनरल मेडिसनका लागि डा. लक्षमण खाती र डा.तुजाम, स्त्री रोगका लागि डा. दुर्गा थापा र प्रिती साह, नाक, कान र घाँटीका लागि डा.सिजन श्रेष्ठ, हाडजोर्जीका लागि डा. श्रवन श्रेष्ठ, आखाँका लागि डा.नेमसी मिश्र र भिडियो एक्सरेका लागि डा. सुमन पौडेलको टिमले सेवा दिइरहेका छन् ।

शिविरमा जिरी नगरपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका र बैतेश्वर गाउँपालिकाका बिरामीहरुले निशुल्क स्वास्थ्य उपचार सेवा लिइरहेको जिरी अस्पतालका डा.सेनेट पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज करिब ४ सय बिरामीले सेवा लिएका छन् । शिविर भोलीसम्म जारी रहनेछ ।