images
images

बैकिङ मुद्धामा फरार रहेका रामेछापका एक पुरुष डेढ वर्षपछि पक्राउ

  • ११ माघ २०७८, मंगलवार १२:५०

रामेछाप । बैकिङ मुद्धामा फरार रहेका रामेछापका एक पुरुष डेढ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ५ घर हाल काठमाण्डौमा बस्दै आएका ४४ वर्षीय तोरण बाबु श्रेष्ठलाई पक्राउ गरेको हो । गत वर्षनै उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख जरिवाना र १० दिन कैद तोकिएको श्रेष्ठलाई आज पक्राउ गरिएको रामेछापका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । उच्च अदालत पाटनले २०७७ साल जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो ।हालसम्म फरार भएका उनलाई जिल्ला प्रहरी रामेछापबाट खटिएको टोलीले आज दिउँसो काठमाडौंबाट रामेछाप आउदै गरेको भन्ने विशेष सुचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो ।

श्रेष्ठले पीडितलाई झुक्काएर आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको चेक दिएका थिए । फैसला कार्यान्वयनको लागि श्रेष्ठलाई आजै रामेछाप जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।