images
images

बागमती प्रदेश सरकारले आज पुर्णता पाउने

  • ११ माघ २०७९, बुधबार ०६:३८

हेटौंडा । बागमती प्रदेश सरकारले आज पुर्णता पाउने भएको छ ।

हिजो साँझ बसेको मन्त्रीपरिषद् बैठकले सरकारलाई पुर्णता दिने निर्णय गरेको हो । बैठकले मन्त्रालय घटाउन बनेको कार्यदलले हिजो नै बुझाएको प्रतिवेदनअनुसार प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगनाथ थपलियाले जानकारी दिनुभयो । आज पुर्णता पाउने मन्त्रीपरिषद्मा ८ जना नयाँ मन्त्री नियुक्त गरिनेछ । दलहरुभित्र आन्तरिक छलफल गरी आज दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथ तय गरिएको प्रवक्ता थपलियाले बताउनुभयो । बागमती प्रदेशमा नेकपा एमालेले ५, माओवादी केन्द्रले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।

यसैबिच, प्रदेश सरकारले आज पुर्णता पाउने भएपनि माओवादीको नेता शालिकराम जम्मकट्टेललाई मुख्यमन्त्रीमा समर्थन गरेका एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी भने सरकारमा नअट्ने भएका छन् । गत पौष २५ गते एमाले, माओवादी,राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित ५ दलका ७० जा सांसदहरुको समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका जम्मकट्टेल नेतृत्वको सरकारमा एकीकृत समाजवादी रहाम्रो नेपाली पार्टी भने नअट्ने भएका हुन् ।