images
images

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

  • ११ माघ २०७९, बुधबार ०७:५४

काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

हिजो दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो । तर, उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका डा. किरण नकर्मीले जानकारी दिनुभयो । हिजो साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुग्नुभएको थियो ।