
हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ ।
एमाले संसदीय दलको आज बसेको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको हो । एमालेले एकालाल श्रेष्ठ, केशव पोखरेल, रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको छ । जसअनुसार श्रेष्ठ उद्योगमन्त्री बन्न लाग्नुभएको हो भने अन्य दुई जनाको टुंगिन बाँकी छ । मुख्यमन्त्रीसहित ४ मन्त्री पाएको माओवादी र ३ मन्त्री पाएको राप्रपाले भने मन्त्री बन्नेहरुको नाम टुग्याउन बाँकी छ ।