images
images

माओवादी केन्द्रबाट बागमती प्रदेशमा दुलाल, मोक्तान र श्रेष्ठ मन्त्री बन्ने

  • ११ माघ २०७९, बुधबार १२:४४

हेटौँडा । नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेश सरकारको मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

संसदीय दलको आज बसेको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको हो ।माओवादीबाट युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रालय, कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय र गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् । बागमती प्रदेशमा माओवादीले मुख्यमन्त्री सहित ४ मन्त्री पाएको छ । दुलाल र मोक्तान प्रदेशको पूर्ब सामाजिक विकास मन्त्री हुन् । दुलाल २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै मोक्तान मकवानपुर र श्रेष्ठ सिन्धुलीबाट निर्वाचित भएका हुन् ।