images
images

भीमेश्वर नगरपालिकाको स्थापना दिवसः प्रदेश सांसद र चार जना कर्मचारी सम्मानित

  • ११ माघ २०७९, बुधबार १८:४२

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाले २७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

नगरपालिकाले आज एक कार्यक्रमकाबीच आफ्नो २७ औं स्थापना दिवस मनाएको हो । दिवसको वागमती प्रदेशका सांसद भरत केसीले उद्धघाटन गर्नुभएको छ । नगरपालिकाको स्थापना दिवसलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद केसीले भीमेश्वरको विकास र समृद्धिका लागि आफुले पहल गर्ने बताउनुभएको छ ।  नगरपालिकाको आफ्नै पहिचान भएकाले हिजोको दिनमा नगरपालिकाले हरेक वडालाई पहिचान सहितको विकास थालनी गरेकाले त्यसलाई निरन्तरता दिनुपर्नेमा सांसद केसीले जोड दिनुभयो । नगरपालिकाले समृद्धिको आगमनका लागि आर्थिक उपार्जन र खाडी नधाई यही केही गर्न सकिन्छ भन्ने सन्देश दिनेगरी काम गर्नुपर्ने भएकाले यसका लागि कार्ययोजना बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

स्थापना दिवसलाई सम्बोधन गर्द ईश्वर नारायण मानन्धरले नगरपालिकाले कृषि र पशुपालनलाई विशेष जोड दिएर अघि बढीरहेको बताउनुभयो । नगरक्षेत्रभित्रका नागरिकको आयआर्जनलाई बृद्धि गर्नका लागि आफुहरुले कृषि र पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उहाँको भनाई छ । नगरपालिकाको स्थापना दिवसको अवसरमा वागमती प्रदेशका सांसद केसीसहित चार जना  सम्मानित भएका छन् ।

केसीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको हो । दिवसको अवसरमा नगरपालिकाका सुचना प्रविधि अधिकृत किरण दहाल, नगरपालिकाका सामाजिक परिचालक अर्जुन बहादुर लामा र भिमेश्वर नगरपालिका वडा नम्बर ४ की कार्यालय सहयोगी रमा सापकोटालाई नगद १० हजार र सम्मानपत्र सहित सम्मान गरिएको थियो । यस्तै द एसिया फाउन्डेसनको भीमेश्वर नगरपालिका हेर्ने प्रतिनिधि उद्धव अधिकारीलाई पनि कदर पत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेल लगायतले व्यक्त गर्नुभएको थियो ।