images
images

सिन्धुपाल्चोकको ठोकर्पास्थित पशु फार्ममा आगलागी, ८१ वटा चौपाया जलेर मरे

  • ११ माघ २०७९, बुधबार २१:३२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पास्थित एक पशु तथा कृषि फार्मममा आगलागी हुँदा ८१ वटा बाख्रा मरेका छन् भने लाखौंको क्षेति भएको छ ।

आगलागीमा परी फार्ममा रहेका १२० बाख्रा मध्ये ८१ वटा मरेको र करिव ५० लाखको क्षति भएको सुनकोसी–२ का वडाध्यक्ष पूर्णवहादुर महतले जानकारी दिनुभयो । बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने वडाध्यक्ष महतले बताउनुभयो । उहाँका अनुसार आगलागीवाट फार्मका सवै संरचना र दाना लगायतका सामाग्री जलेर नष्ट भएका छन् । स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको थियो ।

स्थानीय जालवहादुर केसीले विदेशवाट फर्किएका एक जना आफन्तसँग मिलेर २ करोडको लागतमा कृषि तथा पशु फार्म संचालन गरेका थिए । आगलागी पछि स्थलगत निरिक्षणमा पुगेका सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले गाउँपालिकावाट ५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

फाईल तस्वीर