बागमती प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा केही मतदाता सहभागी नहुँदा १ सय ६३ मतभार घट्ने भएको छ ।
बिहान ९ बजेदेखि हेटौँडास्थित भुटनदेवी माविमा जारी मतदानम केन्द्रमा केही मतदाता सहभागी नहुँदा १ सय ६३ मतभार घट्ने भएको हो । नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ अनुपस्थित रहेका छन् । चेक बाउन्सको मुद्धा परेकाले उनी निर्वाचनमा सहभागी नभएका हुन् । राष्ट्रिय सभा निर्वाचनको मतदान गर्न काभ्रेपलाञ्चोेकको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा पनि अनुपस्थित भएका छन् । लामा अस्वस्थ भएकाले सहभागी नभएको बताईएको छ । काठमाडौँका मेयर बालेन साह पनि मतदानमा सहभागी भएका छ्रैनन् । हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी पनि मतदानमा सुहभागी भएका छैनन् । बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । प्रदेशसभातर्फ ११० मतदाता रहेका छन् ।










