images
images

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु

  • ११ माघ २०८०, बिहीबार १६:२७

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मत गणना सुरु भएको छ ।

हेटौडामा मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु भएको हो । सांसद र स्थानीय प्रतिनिधिको दुई स्थानमा छुट्टाछुट्टै मतगणना भइरहेको छ । निर्वाचनमा ३४७ मतदातामध्ये ३४२ जनाले मतदान गरेका छन् । स्थानीय तहका २३७ मतदातामध्ये २३४ जनाले र प्रदेशसभा सदस्यतर्फ ११० मध्ये १०८ जनाले मतदान गरेका छन् ।

यसअघि निर्वाचनअन्तर्गत सुदूरपश्चिम र कोशी प्रदेशमा मतगणना सुरु भएको थियो । मतगणनापछि आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।