हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत विजयी भएका छन् ।
आज भएको निर्वाचनमा बस्नेत ६५३१ मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् ।
यसैबीच, बागमतीमा अपांगतर्फ सत्ता गठबन्धनका श्रीकृष्ण अधिकारी विजयी भएका छन् । बागमती प्रदशेमा भएको राष्ट्रियसभा निर्वाचनमा अपांगता कोटाबाट सत्ता गठबन्धनका श्रीकृष्ण अधिकारी विजयी भएका छन् । अधिकारी ६४३६ मतभारसहित विजयी भएका हुन् । अधिकारीका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याएका छन् ।










