
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको एक फर्निचर उद्योगमा आगलागि हुँदा एक जनाको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका –९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भई आगलागी हुदाँ ७० वर्षीया वृद्धाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंको शंखरापुर नगरपालिका –१ नाङलेभारेकी ७० वर्षीया टिकादेवि दंगाललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । सोही उद्योगमा कार्यरत उनका श्रीमान् ७३ वर्षीय तोयानाथ दंगालल पनि घाइते छन् ।
आगलागीबाट करिव एक करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार र मृतकको पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको डिएसपी खड्काले बताउनुभयो ।