
दोलखा । सहकारी केन्द्र नेपाल दोलखाको प्रथम जिल्ला अधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
हाम्रो रेडियोको सभाहलमा सम्पन्न अधिवेशनले तेन्जिङ शेर्पाको अध्यक्षतामा सर्वसम्मत ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बलराम पाण्डे, सचिवमा सर्मिला सापकोटा, सह सचिवमा निरबहादुर बुढाथोकी र कोषाध्यक्षमा सिताराम उप्रेती चयन भएका छन् ।
दोलखामा पहिलो पटक नेकपा माओवादी केन्द्र निकट भातृ संगठन सहकारी केन्द्र नेपाल गठन गरिएको हो । प्रथम जिल्ला अधिवेशनको नेकपा माओवादी केन्द्र सहकारी तथा गरिबी निवारण विभाग ईन्चार्ज लिलामणी पोखरेलले उद्घाटन गर्नुभयो ।
सहकारी केन्द्र नेपाल बागमती प्रदेश कमिटी अध्यक्ष माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी केन्द्र नेपालका केन्द्रिय महासचिव ईश्वरी पाण्डे, भीमेश्वर नगरपालिकाका प्रबक्ता तारानाथ चौलागाईँ, जिल्ला सहकारी संघ दोलखाकाका महासचिव दिलबहादुर केसी, नेकपा माओवादी केन्द्र दोलखाका नेता राजन धनुके, अभियान सहकारीका अध्यक्ष दिपशंकर चौलागाईँ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका समसामयिक विषयमा समेत छलफल भएको थियो ।