images
images

रुसी आक्रमणमा युक्रेनी सैनिकसहित १३७ को मृत्यु, विश्व राजनीति तरंगित (फोटो फिचर)

  • १३ फाल्गुन २०७८, शुक्रबार ०९:५६

रुस र युक्रेनबीचको लामो समयदेखिको विवाद युद्धमा परिणत भएको छ । लामो समयको तनावपछि रुसले बिहिबार विहानदेखि युक्रेनमा आक्रमण सुरु गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै जल, स्थल र हवाई सेनाले बिहिबार विहानदेखि युक्रनेका विभिन्न सहरमा आक्रमण गरिरहेका हुन् । पुटिनले करिब एक महिनादेखि युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएपनि हाल आक्रमण गर्न सुरु भएको छ । युक्रेनले अमेरिकी नेतृत्वमा रहेको नाटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले गत सोमबार पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । लगत्तै पुटिनले शान्ति स्थापनाका लागि भन्दै ती क्षेत्रमा सेना खटाएका थिए ।

त्यसपछि रुसी सेनाले युक्रेनका पुर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण सुरु गरेको हो । रुसी सेनाले सीमा सुरक्षा बलमाथि आक्रमण गरेपछि युक्रेनी भुभागमा प्रवेश गरेको हो । त्यसलगत्तै रुसी सेना उत्तरमा खर्किभ, पुर्वमा लुहान्स्क र दक्षिणमा अतिक्रमित क्षेत्र क्रिमिया तथा बेलारुसबाट युक्रेनमा पसेका हुन् । युक्रेनको राजनधानी किभसहित १२ स्थानलाई लक्षित गर्दै रुसी सेनाले आक्रमण तीव्र पारेको छ । यस्तै बेलारुस र क्रिमियाबाट पनि दर्जनौँ ट्यांकसहित रुसी सैनिक युक्रेनी क्षेत्रमा प्रवेश गरेका छन् । रुसी आक्रमणबाट धेरै सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा सयौँ युक्रेनी सैनिक हताहत भएको समाचार छ ।

युक्रेनको राजनधानी किभसहित १२ स्थानलाई लक्षित गर्दै रुसी सेनाले आक्रमण तीव्र पारेको छ । यस्तै बेलारुस र क्रिमियाबाट पनि दर्जनौँ ट्यांकसहित रुसी सैनिक युक्रेनी क्षेत्रमा प्रवेश गरेका छन् । रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गरेका छन् । युक्रेनी सेनाले आफ्नो जवाफी कारवाहीमा रुसी सेनातर्फ ठुलो क्षति पुगेको र सेनाका ६ जहाज र एउटा हेलिकोप्टर दनबास क्षेत्रमा खसालेको दावी गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकोटर खसालिएको दावीलाई खण्डन गरेको छ ।

रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रनी सैनिक अडानमा मात्र आक्रमण गर्ने दावी गरेपनि त्यसमा सत्यता नभएको भन्दै युक्रेनले हालसम्म १ सय ३७ जनाको मृत्यु भएको दावी गरेको हो । युक्रेनी सेनाले आफ्नो जवाफी कारवाहीमा रुसी सेनातर्फ ठुलो क्षति पुगेको र सेनाका ६ जहाज र एउटा हेलिकोप्टर दनबास क्षेत्रमा खसालेको दावी गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकोटर खसालिएको दावीलाई खण्डन गरेको छ ।

युक्रेनमा रुसले गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुहदायबाट कडा आलोचना एवम् निन्दा भइरहेको छ । रुसको कमद विरुद्ध विभिन्न देशमा विरोध प्रर्दशन भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी कदमका लागि विश्वले रुसलाई उत्तरदायी बनाउने बताउनुभएको छ । यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले रक्तचाप र विध्वंसको बाटो रोजेको प्रतिक्रिया दिएका छन् । रुसी हस्तक्षेत्र युरोपकै लागि महाविपत्ति भएको उहाँको भनाई छ ।

रुसको कमद विरुद्ध विभिन्न देशमा विरोध प्रर्दशन भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी कदमका लागि विश्वले रुसलाई उत्तरदायी बनाउने बताउनुभएको छ । यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले रक्तचाप र विध्वंसको बाटो रोजेको प्रतिक्रिया दिएका छन् । रुसी हस्तक्षेत्र युरोपकै लागि महाविपत्ति भएको उहाँको भनाई छ ।

रुस र युक्रेनबीच सन् २०१४ फेबु्रअरीमा सुरु भएर हालसम्म पनि निरन्तर चलिरहेको युद्ध छ । यो युद्ध क्रिमिया र डोनबास क्षेत्रमा केन्द्रित छ । जुन क्षेत्रलाई पश्चिममा समुदायले युक्रेनको भाग मान्दछन् । युरोमैदान विरोध प्रर्दशन र सन् २०१४ फेब्रुअरी २२ मा भिक्टर यानुकोभिच युक्रेनको राष्ट्रपति पदबाट हटेपछि दज्र्यानी चिन्ह विनाका रुसी सेनाले क्रिमियाको रणनीतिक स्थान तथा पुर्वाधारमा नियन्त्रण लिएका थिए । सन् २०१४ मार्च १ मा रुसको संघीय परिषदले सर्वसम्मतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा रहेको सैन्य बलको प्रयोग गर्न संकल्प प्रस्ताव पारित गरेको थियो । यो प्रस्ताव पछि क्रिमियाको फिर्ती रुसी सैन्य कारवाही भएको थियो । जनमत संग्रह पछि रुसले क्रिमियाको विलय गराएको थियो । रुसको सो कमदलाई निकै आलोचना गरिएको थियो । यो जनमत संग्रह रुसले आयोजना गरेको थियो । जसमा क्रिमिया स्वायत्त गणतन्त्रका जनताले रुसी महासंघमा जोडिने प्रस्तावमा मतदान गरेका थिए ।

अप्रिलमा युक्रेनको दोनबास क्षेत्रमा रहेका रुस समर्थक समुहको प्रर्दशन पछि युक्रेन सरकार र रुस समर्थक पृथकतावादी बीच युद्ध चर्किएको थियो ।

(एजेन्सिको सहयोगमा)