images
images

सोलुखुम्बुमा हाइड्रोको गाडी दुर्घटना हुँदा चालकको मृत्यु

  • १३ फाल्गुन २०७८, शुक्रबार १२:४५

सोलुखुम्बु । सोलुखुम्बुमा सवारी दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा परी गोरखाको साविक सौरापानी गाविस ५ का ३० वर्षीय अर्जुन थेवाली मगरको मृत्यु भएको हो । आज बिहान करिब २ बजे लिखुपिके गाउँपालिका वडा नम्बर ५ पात्तालस्थित बेचिन प्लानबाट मिक्चर लोड गरी एमडी दगुड हाइड्रो पावरको अडिड ३ तर्फ जाँदै गरेको प्रदेश ३०१००३ क ६२८९ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।