रामेछाप । नेकपा माओवादी केन्द्रको रामेछाप जिल्ला अध्यक्षमा मैनकुमार मोक्तान र सचिवमा तारानारायण श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।
बागमती प्रदेश कमिटीको बैठकले रामेछापमा नयाँ नेतृत्व मनोनयन गरेको हो । जिल्ला अध्यक्षमा मनोनित मोक्तान तत्कालीन नेकपामा पनि अध्यक्ष थिए । यस्तै पहिलो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य श्रेष्ठ स्थानीय तह निर्वाचनमा मन्थली नगरपालिकाको मेयरमा पराजित हुनुभएको थियो । प्रदेश कमिटीको बैठकले रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को इन्चार्जमा प्रेम कार्की र संयोजकको जिम्मेवारी रविन्द्र पौडेललाई दिएको छ । यसैगरी क्षेत्र नम्बर २ को इन्चार्जमा सुनिता गौतम र संयोजकमा यशु चौंलागाईलाई जिम्मेवारी दिएको छ ।