images
images

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन फिर्ता लिने

  • १३ फाल्गुन २०७९, शनिबार १०:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।

आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णय गरेको हो । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

साथै, प्रदेश सरकारमा पनि राप्रपाको सोही बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको उहाँले बताउनुभयो ।