images
images

सिन्धुलीमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

  • १३ फाल्गुन २०७९, शनिबार १२:२४

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट घाईते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट घाईते भएका सिन्धुलीको कमलामाई नगरपालिका १३ स्थित रानिवासका ४० वर्षिय दण्डपाणी पौडेलको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका पौडेललाई विहान ३ः ३० बजे जंगली हात्तीले आक्रमण गरेको हो । हात्तीलाई धपाउने क्रममा दुई तले कच्ची घरको माथिल्लो तलाबाट झारेर घरबाट करिब ५० मिटर पूर्बतर्फ घिसार्दै लैजादा उनी घाईते भएका थिए । घाईते पौडेलको जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हात्तीको आक्रमणबाट सोही स्थानका ५० बर्षिय हरी प्रसाद बराल पनि घाईते भएका छन् । घाईते बरालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।