काठमाडौँ । नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।
ललितपुरको पार्टी कार्यालयमा आज बसेको सचिवालयकोे बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय भएको बताउनुभयो । उहाँले कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार गर्ने बताउनुभयो ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सम्झौता अनुसार आफूहरुलाई मत दिनेमा विश्वस्त रहेको बताउनुभएको छ । बैठकपछि सञ्चारकर्मिहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सम्झौताअनुसार प्रचण्डले आफूहरुलाई नै मत दिने एकीन भएको बताउनुभयो ।