images
images

काभ्रेपलाञ्चोककी एक महिलाको करेन्ट लागेर मृत्यु

  • १३ फाल्गुन २०७९, शनिबार १८:२१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

चौंरीदेउराली गाउँपालिका वडा नम्बर ४ की २४ वर्षिया जुनुमाया माझिको आज करेन्ट लागेर मृत्यु भएको हो । माझि भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ९ फलासेँस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा काम गर्दै आएकी थिइन् । काम गर्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएकी उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अुसन्धान सुरु गरेको छ ।