सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ३१ महिनाकी बालिकाको ट्याङकीको पानीमा डुबेर मृत्यु भएको छ ।
तिनपाटन गाउँपालिका–८ का टंक बहादुर मगरकी छोरी ३१ महिनाकी अनिशा मगरको खेल्ने क्रममा ट्याङकीको पानीमा डुबेर मृत्यु भएको हो । आफ्नै घर नजिकै रहेको ट्वाइलेटमा प्रयोग गर्न राखिएको प्लाष्टिकको पानी ट्याङकीमा उनी डुबिरहेकी थिइन् । ट्याङकीमा डुबिरहेको अवस्थामा उनकी आमाले देखिपछि अनिशालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी लामपाङटार चकमकेमा लगिएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरन्जीवि दाहालले जानकारी दिनुभयो ।










