
काठमाडौँ । नेपाली दूतावास बैँककले सरकारद्धारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पुन अनुरोध गरेको छ ।
नेपालीलाई विभिन्न प्रलोभनमा पारी रोजगारका लागि ल्याएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै दूतावासले श्रम स्वीकृति अनिवार्य लिएर मात्र जान अनुरोध गरेको हो । दूतावासले कम्बोडिया, लाओस, म्यानमार र थाईल्याण्ड लगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाई भैरहेको उल्लेख गर्दै प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनः आग्रह गरेको हो ।
अनलाईन स्क्यामिङ कार्यमा लगाईएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाईल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले हिजो दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्धेश्यले वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुन अनुरोध गरेको छ ।